Loading...

दिपक जंग मगरको ‘मुस्कुराउने अधर’

नेपाली सांगीतिक क्षेत्रमा नयाँ गायक गायिका को दिनानुदिन आगमन भइरहेको छ। हरेक दिन नयाँ गित र एल्बम पनि सार्वजानिक भैरहन्छ्न। कति रहर गरेर आएका हुन्छन् भने कति म्युजिकमै करिएर बनाउछु भन्ने सोचका साथ आएका हुन्छन्। बेला बेला प्रतिभा पलायनको कुरा नआएको पनि होइन। कति बिदेश पलाएन हुन्छ्न तर कति यस्ता पनि हुन्छ्न जो बिश्वको जुनै कुनामामा भए पनि नेपाललाई मन बाटै माया गर्छ्न र नेपाली कला ,साहित्य र संगीतलाई माया गर्छन।

कला र संगीतका माध्यम बाट नाम, सम्मान कमाउने सपना सहित नव गायक दिपक जंग मगरले आफ्नो पहिलो गीत ‘मुस्कुराउने अधर’ सार्वजनिक गरेका छन। हाल जापानमा बस्दै आएका गायक मगरले जापानमै यो भिडियोको निर्माण गरेका हुन।

गीतमा स्वर दिपक जंग मगरको रहेको छ भने शब्द तिब्बत दर्लामीको रहेको छ। यस गीतमा संगीत र एरेन्जमेन्ट सरोज लामाको रहेको छ। गीतको भिडियोमा स्वयम गायक दिपक जंग मगर र सरिना थापा मगरको अभिनय रहेको छ। गीतको भिडियो खिच्न कौडा बुढा मगरले सहयोग गरेका हुन। भुवन सिंह थापाको निर्देशनमा भिडियो तयार पारिएको हो।

New Nepali Song: Muskuraune Adhar, Deepak Jung Magar Featuring Sarna Thapa | Song : Muskuraune Adhar | Singer : Deepak Jung Magar | Compose & Arrange : Saroj Lama | Lyrics : Tibbat Darlami | Direction / Edit : Bhuwan Singh Thapa | Actror : Bhuwan Singh Thapa | Camera Ass : Dauda Magar

Subscribe YouTube

Loading...