Loading...

गायक लोक विश्वकर्मा र गायिका प्रतिमा विश्वकर्माको ‘मनको मान्छे’

पर्वत जिल्लामा जन्मेर विगत ४ वर्ष देखी काठमान्डाँैलाई कर्मथलो बनाएर नेपाली लोक गीत संगीतको क्षेत्रमा सम्पादन, निर्देशन र छायाँकन गदै आएका रमेश विक रसाईलीको शब्द रहेको ‘मनको मान्छे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा गायक लोक विश्वकर्मा र गायिका प्रतिमा विश्वकर्माको स्वर र लोक विश्वकर्माको लय सुन्न सकिन्छ।

प्रेममा रहेका जोडीका कारुणिक भोगाईलाई गीतमा समेटिएको छ। किसान विसीको छायाँकन, रविन विकको सम्पादन र रमेश विक रसाईलीको निर्देशन रहेको भिडियोमा रश्मी रिया खत्री संगै रमेशकै अभिनय छ।

Subscribe YouTube

Loading...