Loading...

मौसम र रेजिनाको ‘आशुँको पोखरी’मा डुबे दुर्गेश र सगुन

गायक मौसम गुरुङ र गायिका रेजिना परियारको स्वर रहेको बास्तविक जिवनको पिडादायी जिवन भोगाईमा आधारित गीत ‘आशुँको पोखरी’ सार्वजनिक भएको छ। सत्य घटनामा आधारित यो भिडियोमा धोका र छल कपटलाई उजागर गरिएको छ। गीतमा मान्छेले आफ्नो स्वार्थ पूरा गर्न के सम्म गर्न सक्छ भन्ने कुराको बारेमा भिडियोमा देखाईएको छ।

भिडियोमा प्रेम र प्रेम पिडाका दृश्यहरु समेटिएको छ। एक अर्काको प्रेममा रहेका जोडीका कारुणिक भोगाईलाई हरि थापाले लेखेका हुन भने रमेश परियारले लय सिर्जना गरेका छन। दुख पर्दाको अवस्थामा भगवान पुकार्दा पनि आफनी मायालुलाई नपाउदा गायक निकै भावुक बनेका छन।

अजय रेग्मीको छायाँकन, दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशनमा भिडियो तयार भएको हो। भिडियोमा सगुन शाही र दुर्गेश थापाको अभिनय छ।

Subscribe YouTube

Loading...