Loading...

गायिका शान्ति श्री परियारको हृदयबिदारक गीत ‘चिल गाडि’

पछिल्लो समय फरक फरक प्रस्तुति बजारमा ल्याएर चर्चामा रहेकी चर्चित गायिका शान्ति श्री परियार र गायक पुर्ण संयोगको फेरी अर्काे मनै छुने गीत ‘चिल गाडि’ रिलिज भएको छ। सार्वजनिक गीतलाई सुसेली म्युजिक प्रालीले बजारमा ल्याएको हो।

देशमाभर ब्याप्त बलात्कारको घटनमा परेकी बालिका र परदेशमा गएका नेपाली युवाको कठिन आत्मकथालाई गीतमा ब्यक्त गरिएको छ। धन कमाउन गएका नेपाली दाजु भाइ दिदी बहिनीहरू काठको बाकसमा फर्किनु परेको छ भने घर परवारको बिचल्ली भएको छ। त्यतिमात्र नभएर आफनो घरमा फर्कदा परिवारका सदस्य गुमाउनु पर्दाको पिडालाई गीतमा समेटिएको छ।

बास्तविक जिवन घटनामा आधारित गीतमा पुर्ण संयोग र लोकराज सिंहको शब्द तथा लय सिर्जनमा वियोगान्त गीत लेखिएको छ। विमल अधिकारी र सारिका केसीको अभिनय रहेको भिडियोमा राजेश घिमिरेको छायाँकन, अमर शाक्यको सम्पादन र कपिल लामाको निर्देशन छ।

Loading...