Loading...

रेश्मा केसीको म्युजिक भिडियो ‘खै किन हो’ मा नीता र जीवन

गायिका रेश्मा केसीको गीत “खै किन हो” को म्युजिक भिडियो सार्बजनिक भएको छ l नेपाली सुगम संगीतमा सम्भावना बोकेर सांगीतिक क्षेत्रमा मेहनतका साथ अगाडी बढेकी गायिका रेश्मा केसीको यो गीत डान्सिङ बिटमा छl भिडियोमा नायिका नीता ढुंगाना र जीवन गीरीलाई फ़िचरिङ्ग गरिएको छl

शब्द तथा संगीत सुशील पंगेनीको रहेको म्युजिक भिडियोलाई चक्र महर्जनले छायांकन गरेका हुन् भने निर्देशक कमल एक्छाइ मगरले निर्देशन गरेका हुन l भिडियोलाई युएस मिडिया नेटवर्क प्रालिको युट्युब च्यानल मार्फत रिलिज गरिएको हो। भिडियो हेर्नुहोस :

Subscribe YouTube

Loading...