Loading...

लौ है आयो चलचित्र ‘छक्का पन्जा ३’ को ट्रेलर

बहुप्रतिक्षित चलचित्र ‘छक्का पन्जा ३’ को ट्रेलर रिलिज गरिएको छ। राजधानीमा कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर संगै रिलिज मिति सार्बजनिक गरिएको हो। यो चलचित्र घटस्थापनाको दिन (असोज २४) गते प्रर्दशनमा आउनेछ। सार्वजनिक कार्यक्रममा चलचित्रका कलाकार दिपकराज गिरि, दिपिका प्रसाईं, केदार घिमिरे ,जितु नेपाल, लक्ष्मी गिरि, शारदा गिरि, लगाएत निर्देशक दिपा श्री निरौला तथा संचारकर्मिको बाक्लो उपस्थिति रहेको थियो।

पुरुषोत्तम प्रधानले छायांकन गरेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। दीपाश्री निरौला निर्देशित चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको छ। यसको कथा दीपक आफैंले लेखेका हुन्। आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको चलचित्रमा नीर शाह, शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसीलगायतको पनि अभिनय रहेको छ।

Loading...