Loading...

वैदेशिक रोजगारीको कथा ‘अमेरिका ब्वाइज’ [टिजर हेर्नुहोस्]

फिल्म ‘अमेरिका ब्वाइज’ को ट्रेलर सार्वजनिक भएको छ। प्रवेश पौडेलको निर्देशन रहेको फिल्मको सार्वजनिक ट्रेलरमा फिल्मको कथासार र पात्रको लुक्सलाई देखाइएको छ। बड्डी इन्टरटेन्मेन्ट र सिबर्ड पिक्चर्सको ब्यानरमा निर्माण भइरहेको फिल्मले वैदेशिक रोजगारीको विषयलाई उठान गरेको बताइएको छ।

निर्माण युनिटले यसअघि वैशाख १४ लाई रिलिज मिति तय गरे पनि सो मिति परिबर्तन गर्दै नयाँ प्रदर्शन मिति तय गरेको छ। यो फिल्म अब जेठ १८ मा आउने भएको छ । फिल्ममा अर्पण थापा, सृष्टि कार्की, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, सुनील थापा, हरिहर शर्मा, अभय बराल, मनीष राउत, रुबि राना, सुवास गजुरेल लगायतका कलाकारले अभिनय गरेका छन्।

प्रकाश भुजेल कार्यकारी निर्माता रहेको फिल्ममा विवेक पाण्डेको कथा, आलोक शुक्लाको छायांकन तथा दीपक आरजे र जयन जे वाइबाको संगीत रहेको छ। कमेडी जनराको फिल्मलाई दर्शकले रुचाउनेमा निर्माण पक्ष आशावादी देखिएको छ।

Loading...