Loading...

ओखलढुंगामा दुईवटा टाउको जस्तै आकार भएको शिशुको जन्म

ओखलढुंगामा एक महिलाले अनौठो बच्चा जन्माएकी छन्। मानेभन्ज्याङ गाउँपालिका–४, केत्तुकेकी २९ बर्षीया विपना गुरुङले पहिलो सन्तानको रुपमा दुईवटा टाउको जस्तै आकार भएको शिशु जन्माएकी हुन्। शिशुको टाउकोको दायाँतर्फको भाग निकै ठूलो छ। २ किलो ७ सय ग्राम जन्मिएको शिशुको एउटा आँखा, नाक र मुख समेत प्रष्ट देखिदैन। शिशुको हात,खुट्टा तथा शरीरका अन्य अंगहरु भने सामान्य छ।

अहिले आमाको स्वास्थ्य अवस्था समेत सामान्य रहेको र आमा एवं शिशुको ओखलढुंगा सदरमुकामस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। शिशुलाई इन्कुभेटरमा राखेर पाईप मार्फत आमाको दुध ख्वाएर राखिएको छ। शिशुको अवस्थालाई हेर्दा चिकित्सकहरुले आमाको पेटभित्रै ट्यूमर भएको अनुमान गरेका छन्।

शिशुलाई केही दिन बढ्न दिएर थप उपचारका लागि काठमाडौं पठाईने अस्पतालका एमडीजीपी चिकित्सक सञ्जय पोखरेलले बताउनुभयो बताउनुभयो। डा. पोख्ररेलका अनुसार बच्चाकी आमाको सिटिस्क्यान पछि ट्यूमर हो होइन भन्ने पत्ता लाग्नेछ। यदि ट्यूमर हो भने बाल विशेषज्ञ सर्जनहरु मार्फत शल्यक्रिया गर्न सकिने डाक्टर पोखरेलको भनाई छ।

Subscribe YouTube

Loading...