Loading...

फिल्महलमा ‘पद्मावत’ हेर्दै गर्दा १९ वर्षीय युवती बलात्कृत

फिल्म हलमा भएको एक बलात्कारको घटना बाहिरिएको भएको छ। १९ वर्षीय एक युवतीले आफुलाई बलात्कार गरेको भन्दै २३ वर्षीय युवकलाई बलात्कारको आरोप लगाएकी छन्। बीबीसी हिन्दीका अनुसार पीडित युवतीले हैदरावादको प्रशान्त थियटरमा ‘पद्मावत’ चलचित्र हेर्दै गर्दा अभियुक्त युवकले आफ्नो बलात्कार गरेको बताएकि हुन्। फिल्म हलको सो समयमा उनको आसपासको सिटहरु खाली थियो।

पीडित युवती १२ कक्षामा अध्ययनरत छात्रा हुन्। उनको अभियुक्तसँग फेसबुकमार्फत सामान्य चिनजान भएको थियो। प्रहरीका अनुसार झण्डै २० दिन पहिला सिकंदराबादको एउटा होटेलमा भेटेका थिए। त्यस्तै २९ जनवरी २०१८ मा अभियुक्तले पीडित युवतीलाई एउटा होटेलमा बोलाएको प्रहरीले जनाएको छ। केही समयपछि उनीहरु प्रशान्त थियटरमा ‘पद्मावत’ हेर्न गएका थिए। जहाँ युवतीले आफूमाथि बलात्कार भएको आरोप लगाएकी छिन्। युवतीको उजुरीपछि अभियुक्तलाई प्रहरीले ३१ जनवरीमा गिरफ्तार गरेको छ। उनलाई अदालतमा पेश गरी न्यायिक हिरासतमा राखिएको छ।

Loading...