Loading...

प्रकाशको शवमा चढाएको माला सुटुक्क झिकेर फेरि चढाउँदै [भिडियो]

चितामा राखिएको यो शव हो, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाशको। अन्तिम श्रद्धाञ्जली दिन यहाँ दाहाल परिवारका सदस्यदेखि भिआइपीसम्म पुगेका छन्। यसैक्रममा माओवादीका बरिष्ठ नेता अमिक शेरचन पनि पुग्छन्। र, प्रकाशको शवमा चढाएको मालाको थाक भएतिर अटस् मटस् गरेर जान्छन्, भिड छिचोल्दै। र, एउटा माला तान्छन्, त्यही चढाइसकेको माला। माला तानिसकेपछि एक पटक कसैले देखिरहेको छ कि जस्तो गरेर पुलुक्क हेर्छन् पनि। र, त्यसपछि उनी सिधै गएर शवमा चढाउँछन् त्यही माला र लालसलाम गर्छन्, गौरवका साथ। एकै छिन् पछि उनी भिडमा हराउँछन्। तलको भिडियो हेर्नुहोस्।

दर्शकबृन्द्ध, एक पटक शवमा चढाइसकेको माला टिपेर फेरि किन उनले चढाएका होलान् ? यसको जवाफ सायद उनीसँग मात्र होला।

स्मरण रहोस् चितवन चुनावमा बाम गठबन्धनतिरका कमाण्डर यी माओवादीका बरिष्ठ नेता शेरचन उपप्रधान तथा स्वस्थ्य मन्त्रीसम्म भइसकेका राजनीतिज्ञ हुन् । उनी केही पटक सांसद समेत भइसकेका छन्। अर्को रोचक पक्ष चाहिं के छ भने उनी माओवादी केन्द्रका वर्तमान अनुशासन विभाग प्रमुख हुन् । शेरचनले लामो समयदेखि माओवादीको अनुशासन कमिटीमा रहेर काम गर्दै आएका छन्। – केन्द्रबिन्दु डट कम

Subscribe YouTube

Loading...