Loading...

श्रीमानले शंका गरेपछि झोलामा विष बोकेर रुदै न्युज २४ टेलिभिजन कार्यालयमा पुगिन् श्रीमति

रुदै न्युज २४ टेलिभिजन कार्यालयमा पुगेकी मिना आफ्नै श्रीमानबाट पीडित छिन्। मलेलिसिमा कार्यरत उनकी श्रीमानले पाईला पाईलामा उनि माथि शंका गरेपछि झोलामा विष बोकेर छटपटाई रहेकि थिइन्। ८ बर्षकी छोरीलाई सम्झेर झोलामा बोकेको बिष खान नसकेपछि उनि न्युज २४ टेलिभिजन कार्यालयमा पुगेकी हुन्। विहे गरेको डेढ महिनामा विदेशीएका उनी छोरी हुर्कीसकेपछी ३ बर्षमा मात्र स्वदेश आए। नेपाल आएपछि शंका गर्ने कुटपिट गर्नेक्रम झनै बढ्यो।

१५ बर्षको कलिलो उमेर चितवनकै केटासँग विहे गरीन उनले। अहिले उनिहरुको ८ बर्ष कि छोरी समेत छन्। तर रोजगारीको लागि मलेशिया गएका श्रीमानले उनलाई शंका गरीरहेका छन्। आफ्नै दाजुभाईसँग बोल्दा हिँड्दा समेत अनैतिक सम्बन्ध भन्दै अनावश्यक संका गर्ने, फोनमा बारम्बार धम्काउने, सम्बन्ध विच्छेद गर्ने, मार्ने भन्दै धम्काउने, काम गर्ने हरेक कार्यालयमा फोन गरेर कामबाट निकाल्न लगाउने गरेको उनको गुनासो छ उनको।

मिना आफ्नो श्रीमान छाड्न पनि तयार छिन। श्रीमान सुध्रिय संगै बस्न पनि राजी छिन्। मिना एक प्रतिनीधि पात्र हुन्। पछिल्लो समय विदेशमा वस्ने युवाहरुले आफ्नी श्रीमति माथि संका गरेकै कारण सयौको संख्यामा सम्बन्ध विच्छेद भएका छन्। तलको भिडियो हेर्नुहोस्।

Loading...